काठमाडौं – साताको दोस्रो कारोबारको दिन सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आइतबार प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यो हालसम्मकै उच्च मूल्य हो। आज तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रतिक्रिया