प्रभु बैंकको बचत खातामा न्यूनतम ३ देखि अधिकतम ६ प्रतिशतसम्म ब्याजदर कायम



काठमाडौं – प्रभु बैंक लिमिटेडले साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको छ ।

यस बैंकले असार महिनाका लागि बचत खातामा न्यूनतम ३.०३० प्रतिशतदेखि अधिकतम ६.०३० प्रतिशतसम्म ब्याजदर तोकेको थियो । बैंकले साउन महिनाका लागि बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।

बैंकले मुद्दती निक्षेपतर्फ ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ अधिकतम ६ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७.५०० प्रतिशत र संस्थागततपर्फ अधिकतम ६.५०० प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ३ देखि ५ महिना अवधिका लागि ५.५०० प्रतिशत, ६ देखि १२ महिना अवधिका लागि ६ प्रतिशत, १२ महिनादेखि ५ वर्ष अवधिका लागि ६.५०० प्रतिशत र ५ वर्षदेखि माथि अवधिका लागि ७ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले स्वर्णीम मुद्दती ५ वर्ष अवधि व्यक्तिगततर्फ ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।