कुमारी बैंकले घटायो ब्याजदर



काठमाडौं – कुमारी बैंक लिमिटेडले साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको छ ।

बैंकले साउनमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ६.५१ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.५६ प्रतिशत र कुमारी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई ६.७१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । गत असारमा बैंकले व्यक्तिगतमा अधिकतम ६.५६ प्रतिशत, संस्थागतमा अधिकतम ५.६१ प्रतिशत र कुमारी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई ६.७६ प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले व्यक्तिगतमा ३ महिनादेखि ६ महिनामुनिको अवधिका लागि ५.२१ प्रतिशत, ६ महिनादेखि १ वर्षमुनिको अवधिका लागि ५.६६ प्रतिशत, १ वर्षदेखि ३ वर्षमुनि अवधिको लागि ६।०१ प्रतिशत, ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि ६.५१ प्रतिशत र फिक्स डिपोजिट प्लस÷रिकरिङ्ग ९ १ वर्षदेखि ५ वर्ष अवधि०मा ६.०१ प्रतिशत ब्याजदर तोकेको छ । संस्थागतमा ६ महिनादेखि १ वर्षमुनिको अवधिमा ४.०१ प्रतिशत, १ वर्षदेखि ३ वर्षमुनिको अवधिमा ४.७६ प्रतिशत र ३ वर्ष वा सोभन्दा माथिको अवधिमा ५.५६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।