जनकपुरधाम – चोरी डकैतीलगायत अपराधका घटनाहरुमा संलग्न रहेका एक जना व्यक्तिलाई गोली प्रहार गरेर नियन्त्रणमा लिइएको छ । प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका– २ बस्ने ४० वर्षीय बीजेन्द्र पासवनलाई प्रहरीले घुँडामुनि गोली हानेर पक्राउ गरेको हो ।
उनलाई खोजतलासको क्रममा आइतबार राति साढे १० बजेतिर महोत्तरीको सोनमा गाउँपालिका– ५ खैरवनीस्थित सर्लाही र महोत्तरी सिमाना सितलपुर भन्ने स्थानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।
खोजीको क्रममा फेला परेपछि पासवनलाई पक्राउ गर्न खोजिएको थियो । तर, उनी भाग्न खोजेपछि प्रहरीले घुँडामुनि गोली हानेर नियन्त्रणमा लिइएको हो । गोली लागेर घाते पासवानको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।



About Us
प्रतिक्रिया