सिटिजन्स बैंकको घट्यो ब्याजदर

सिटिजन्स बैंकको घट्यो ब्याजदर


काठमाडौं– सिटिजन्स बैंक लिमिटेडले साउन महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।

बैंकले साउन महिनामा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.७५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ। बैंकले रेमिट्यान्स खातामा ७.७५ प्रतिशत ब्याजदर तोकेको छ । असारमा बैंकले संस्थागततर्फ ५.९० प्रतिशत र ब्यक्तिगततर्फ ६.९० प्रतिशत ब्याज तोकेको थियो भने रेमिट्यान्समा ७.९० प्रतिशत तोकेको थियो ।

त्यस्तै, बैंकले साधारण बचततर्फ पनि ब्याजदर घटाएको छ । बैंकले साउनमा साधारण बचत खातामा न्यूनतम ३.१० प्रतिशतदेखि अधिकतम ५.१० प्रतिशत ब्याजदर तोकेको छ भने असारमा साधारण बचतमा न्यूनतम ३.१५ प्रतिशतदेखि अधिकतम ५.१५ प्रतिशतसम्म ब्याजदर तोकेको थियो ।

बैंकको औसत आधारदर ८.५५ प्रतिशत कायम छ ।