काठमाडौं –नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिना जेठसम्म बैंक तथा वित्तीय संस्थाहरुमा जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन कम्पनीहरुको १६.३ प्रतिशतले बढेको छ ।
तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठसम्म मुद्दती निक्षेपका रुपमा बैंकहरुमा बीमा कम्पनीहरुको लगानी बढेर ५ खर्ब ८१ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। यो ११ महिनाको अवधिमा बीमा कम्पनीहरुको बैंकहरुमा लगानी ८१ अर्ब ३४ करोड रुपैयाँले बढेको छ।
यसैगरी यो ११ महिनाको अवधिमा कर्मचारी सञ्चय कोषको मुद्दति निक्षेपका रुपमा बैंकहरुको लगानी ३२.३ प्रतिशतले बढेर १ खर्ब ७६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। गत वर्ष असारसम्म बैंकहरुमा कर्मचारी सञ्चय कोषको कुल लगानी १ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो। सञ्चय कोषको लगानी ११ महिनामा ४३ अर्ब २१ करोड रुपैयाँले बढेको छ।
चालु आर्थिक वर्षको जेठसम्म नागरिक लगानी कोषको बैंकहरुमा लगानी १४.९ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब ३० लाख रुपैयाँ पुगेको छ। गत वर्ष असारसम्म बैंकहरुमा नागरिक लगानी कोषको ९९ अर्ब ४८ करोड रुपैयाँ थियो।



About Us
प्रतिक्रिया