काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । सो शेयर हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउने बैंकले जनाएको छ भने बिक्रीमा राखिएको शेयर संख्या भने खुलाएको छैन ।
शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र काठमाडौं कमलपोखरीमा रहेको बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्ने छन् ।
त्यस्तै, तोकिएको समयावधिभित्र खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्तिलाई बिक्री गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया