काठमाडौं – पछिल्लो केही दिनदेखिको अविरल वर्षाका कारण देशभर घटिरहेका बाढी पहिरो लगायतका विपद्का घटनामा उद्धार तथा खाेजी कार्यमा नेपाल प्रहरी सक्रिय रूपमा जुटेकाे छ। प्रहरीले भरतपुर महानगरपालिका–२९ को सिमलतालमा वीरगन्जबाट काठमाडौं आइरहेको र काठमाडौं बाट रौतहटको गौर गइरहेको यात्रुबाहक बस पहिरोले बगाएको खबर पाउन साथ स्थानीयको सहयोगमा उद्धार कार्य जारी राखेको छ।
नेपाल प्रहरी, चितवनस्थित सेनाको गोताखोरसहितको फौज अन्य सुरक्षा निकायलगायतको सहयोगमा घटनापछि उद्धार तथा खोजीका लागि खटिरहेका छन्। यसैगरी, कास्की, कैलाली, कञ्चनपुर, सर्लाही, तनहुँलगायतका जिल्लाहरूमा मनसुन सुरू भए यता गएका बाढीपहिराबाट प्रभावितको खोज तथा उद्धारमा समेत नेपाल प्रहरी लगायतका सुरक्षा निकायहरु उदाहरणीय र सक्रिय रुपमा जुटिरहेका छन्।

देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाइसकेका छन्। गत जेठ २८ गते बिहान ९ बजेदेखि आज असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परी एक सय एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी कार्यालयले जानकारी दिएको छ ।



About Us
प्रतिक्रिया