प्रधानमन्त्रीकाे दाबी : मेराे कार्यकालमा अर्थतन्त्रमा सुधार आयो

प्रधानमन्त्रीकाे दाबी : मेराे कार्यकालमा अर्थतन्त्रमा सुधार आयो


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा अर्थतन्त्रमा सुधार भएको दाबी गरेका छन् । प्रनिधिसभाको आजको बैठकमा विश्वासको मत लिने क्रममा बोल्दै उनले गत वर्ष १.९५ प्रतिशत आर्थिक वृद्धिदर यस वर्ष ३.८७ प्रतिशत पुगेको बताए ।

उच्च मुद्रास्फीति, न्यून विदेशी मुद्राको सञ्चिती, घट्दो राजस्व, र बढ्दो सार्वजनिक ऋणबाट उत्पन्न चुनौतिहरूलाई वित्तीय नीति र निजी क्षेत्रसँगको संवादद्वारा सम्बोधन गरिएको उल्लेख गरे। साथै, राजस्व वृद्धिदरमा १० प्रतिशत वृद्धि, ६ अर्बको लगानी प्रतिबद्धता, श्रम स्वकृति प्रक्रियाको सुधार र वैदेशिक रोजगारीमा सहुलियतपूर्ण ऋण दिने प्रक्रिया सुरु भएको प्रधानमन्त्री दाहालले बताए ।