काठमाडौं – सरकारले ढुवानी व्यवसायीहरुलाई अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान कार्ड) बनाउन निर्देशन दिएको छ। आन्तरिक राजस्व विभागले अनिवार्य रुपमा प्यान कार्ड लिएर मात्रै कारोबार गर्न निर्देशन दिएकाे हाे। ढुवानी साधन (ट्रक, ट्रिपर, ट्याक्टर) का कतिपय धनीले अहिलेसम्म पनि प्यान कार्ड नलिएको विभागले जनाएको छ।
‘ढुवानीका साधन (ट्रक, ट्रिपर, ट्याक्टर आदि) को धनी स्वयंले ढुवानी व्यवसाय सञ्चालन गरेका केही व्यवसायी र ढुवानीका साधन धनी स्वयंले ढुवानी व्यवसाय सञ्चालन नगरी अर्को व्यक्ति वा संस्थालाई भाडामा उपलब्ध गराउने गरेका केही ढुवानी साधनका धनीहरुले हालसम्म पनि स्थायी लेखा नम्बर नलिएको भन्ने जानकारी प्राप्त हुन आएकोले यथाशीघ्र स्थायी लेखा नम्बर लिई कारोबार गर्नुहुन जानकारी गराइन्छ’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ।




About Us
प्रतिक्रिया