काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक र वित्तीय स्थायीत्व दिनेगरी आगामी मौद्रिक नीति आउने बताएका छन्। इकोनोमिक मिडिया एशाेसिएशन नेपालले काठमाडौंमा आयोजना गरेको प्रि–मौद्रिक नीतिबारे छलफल गर्दै गभर्नर अधिकारीले आर्थिक र वित्तीय स्थायीत्व दिनेगरी आगामी मौद्रिक नीति तय हुने बताएका हुन्।
उनले नेपाल राष्ट्र बैंकको अन्य केही उद्देश्य नभएको भन्दै मुलुकको वर्तमान आर्थिक, वित्तीय स्थायित्व र सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यमा आधारित भएर मौद्रिक नीति ल्याउने बताए । गभर्नर अधिकारीले बैंकिङ्ग क्षेत्रलाई कसरी चुनौतीसँग सामना गर्नसक्ने बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित हुने बताए। बैंकिङ्ग क्षेत्रमा सबैको सधैं आकर्षण रहने बनाउन सक्नुपर्ने उनको भनाइ छ ।
उनले कुनै व्यवसायलाई असर पर्ने नीति नआउने बताए। उनले बैंकिङ्ग क्षेत्रसँग भएको स्रोतलाई उत्पादनमूलक क्षेत्रमा लैजाने र थोरै भए पनि रोजगारी सिर्जना गर्नेगरी बैंकहरू लाग्न आवश्यक रहेको बताए। उनले निर्यातमूलक उद्योग स्थापना गर्ने काममा बैंकको स्रोत प्रयोग हुन आवश्यक रहेको बताए।
मौद्रिक नीति बनाउने राष्ट्र बैंक अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। उनले राष्ट्र बैंकले गर्न सक्ने जति नीतिहरूमा सीमाभित्र रहेर काम गर्ने बताए।
प्रतिक्रिया