यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिति (११ महिनाको तथ्यांकसहित)

यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिति (११ महिनाको तथ्यांकसहित)


काठमाडौं – नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले बुधबार आव २०८०–०८१ को ११ महिनाको तथ्यांकका आधारमा राष्ट्र बैंकले रिपोर्ट सार्वजनिक गरेको हो । जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१७ प्रतिशत रहेको छ। यस्तै, आयात १.८ प्रतिशत, निर्यात ३.० प्रतिशत र कुल वस्तु व्यापार घाटा १.७ प्रतिशतले घटेको छ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.३ प्रतिशतले र अमेरिकी डलरमा १७.३ प्रतिशतले बढेको छ। शोधनान्तर स्थिति रु.४२५ अर्ब ६७ करोडले बचतमा रहेको छ। कुल विदेशी विनिमय सञ्चिति रु.१९६७ अर्ब १९ करोड र अमेरिकी डलरमा १४ अर्ब ७२ करोड रहेको केन्द्रीय बेंकले जनाएको छ। यसैगरी संघीय सरकारको रु. ११८१ अर्ब ३० करोड र राजस्व परिचालन रु.९१९ अर्ब १९ करोड रहेको छ। विस्तृत मुद्राप्रदाय ९.१ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.७ प्रतिशतले बढेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.० प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.६ प्रतिशत रहेक रिपोर्टमा उल्लेख छ।