काठमाडौं– लक्ष्मी सनराइज बैंक लिमिटेडले ८२ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै विभिन्न संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको ८२ लाख ९७ हजार ५ सय ६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको जानकारी गराएको हो ।
सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र हात्तिसारमा रहेको बैंकको मुख्य कार्यालयमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
तोकिएको समयाभित्र संस्थापक शेयरधनीबाट शेयर खरिद गर्ने जानकारी नआएमा प्रचलित कानुनबमोजिम सो शेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले उल्लेद गरेको छ ।
प्रतिक्रिया