काठमाडौं – कुमारी क्यापिटल लिमिटेडले हितग्राही (डिम्याट) खाताको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ। क्यापिटलले कुमारी क्यापिटल र कुमारी बैंक (साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंक) का शाखा कार्यालयहरूमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो।
हितग्राही खातावालाहरूले असार मसान्तभित्र वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने कम्पनीले जनाएको छ ।
खातावालाहरूले कुमारी क्यापिटल तथा कुमारी बैंकका शाखा कार्यालमार्फत शुल्क बुझाउन सक्नेछन्। यस्तै, ई–सेवा,केबीएल मोबाइ ल एप,आइएमई पे,प्रभु पे,खल्ती,कनेक्ट आईपीएस र फण्ड ट्रान्सफरमार्फत पनि शुल्क बुझाउन सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया