निक्षेप संकलनसँगै कर्जा प्रवाहमा वृद्धि, अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम

निक्षेप संकलनसँगै कर्जा प्रवाहमा वृद्धि, अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम


काठमाडौं – पछिल्लो चरण बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह घट्दा बैंकहरुमा निक्षेप संकलनमा वृद्धि हुँदै गएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार १६ गते बैंकिङ्ग प्रणालीकाे निक्षेप संकलन ६३ खर्ब ३५ अर्ब पुगेको छ।केन्द्रीय बैंककाअनुसार असार १५ गते भने बैंकिङ्ग प्रणालीमा ६३ खर्ब २७ अर्ब निक्षेप संकलन भएको छ। यस तथ्यांकलाई नियाल्दा एकदिनमा ८ अर्बले निक्षेप संकलन घटेको छ।

सो अवधिमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलनमा पनि ८ अर्बले गिरावट आएको छ । गत शनिबार ५६ खर्ब ५ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले आइतबार ५६ खर्ब १३ अर्ब निक्षेप संकलन गरेका छन् । त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह पनि ३ अर्बले बढेको छ। शनिबार ५१ खर्ब ४६ अर्ब प्रवाह भएकोमा आइतबार ५१ खर्ब ४९ प्रवाह भएको छ।

सो समयवधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा पनि ३ अर्बले बढेको छ । शनिबार ४५ खर्ब ५३ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले ४५ खर्ब ५६ अर्ब प्रवाह गरेका छन्। राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो ७९.१८ प्रतिशतमा कायम रहेको उल्लेख गरेको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ।