कोरोना कोषमा प्राइम लाइफको ७ लाख ५० हजार सहयोग

कोरोना कोषमा प्राइम लाइफको ७ लाख ५० हजार सहयोग


बैकिङ्ग समाचार । 
जीवन बिमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोनाविरुद्धको लडाइँमा ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ।

नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम उपलब्ध गराएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० मनोजकुमार भट्टराईले जानकारी दिए ।

उक्त रकमको चेक कोषलाई हस्तान्तरण गरिसकेको कम्पनीले जनाएको छ । यसबाट कोरोनाविरुद्धको लडाइँमा थोरै भए पनि योगदान हुने कम्पनीले जनाएको छ ।