काठमाडौं – बचतकर्ताको करिब ३ करोड अपचलन गर्ने युनिटि बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिका अध्यक्ष र कोषाध्यक्ष पक्राउ परेका छन्।
सदस्यको २ करोड ८३ लाख ११ हजार १६४ रुपैयाँ ठगेको भन्दै काभ्रेपलान्चोक जिल्ला साबिकको बनेपा नगरपालिका–६ अहिलेको बनेपा नगरपालिका–८ वाँख्योटोलमा रहेको युनिटि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णलाल शुद्दकार र कोषाध्यक्ष निरज राजवंशी पक्राउ परेका हुन्।
प्रहरीले कानून बमोजिम ठगी मुद्दामा कारबाही गरी पाउँ भनी २ करोड ४३ लाख ११ हजार १६४ रुपैयाँ ठगी कसुर मुद्दामा, मुद्दा दर्ता गरेको छ।
प्रतिक्रिया