नेपाल बंगलादेश बैंकको ८१ करोड ११ लाख खुद नाफा

नेपाल बंगलादेश बैंकको ८१ करोड ११ लाख खुद नाफा


बैंकिङ्ग समाचार,काठमाडौं ।

नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकले ८१ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.८२ प्रतिशत कम हो।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १६ करोड ११ लाख रुपैयाँ रिभर्स भएको बैंकको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २२ करोड ६ लाख रुपैयाँ पुगेको छ।  सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४९ करोड ३२ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १३.७८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने २१.३४ प्रतिशत घटेको छ।

यस अवधिमा बैंकको यस्तो आम्दानी २२ रुपैयाँ १६ पैसाबाट घटेर १६ रुपैयाँ ९ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ १८ पैसा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेको छ भने जगेडा कोष १०.६३ प्रतिशत घटेको छ। सो अवधिमा बैंकको निक्षेप ७.३६ प्रतिशत घटेको छ भने कर्जा ९.०६ प्रतिशत बढेको छ।