सहकारीको रकम अपचलन गर्ने ३ जना पक्राउ

सहकारीको रकम अपचलन गर्ने ३ जना पक्राउ


काठमाडौं – पोखरा महानगरपालिका – ४ गैह्रपाटनपस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

प्रहरीले रकम अपचलनको आरोपमा पर्वतको मोदी गाउँपालिका –१ कि ५५ वर्षीया धनकुमारी गुरुङ, सोही ठाउँ घर भएकी ४७ वर्षीया सीताकुमारी गुरुङ र पोखरा–३ तेर्सापट्टीका ४७ वर्षीय जीवन सार्कीलाई पक्राउ गरेको हो । सहकारीको रकम हिनामिना गरेर उनीहरू फरार थिए ।

प्राइम सहकारीको मुद्दा यसअघि नै अदालतमा दर्ता भइसकेकाले थुनकेछ बहसका लागि उनीहरुलाई अदालतमा उपस्थित गराइएको छ ।