काठमाडौं – वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै झन्डै ५० लाख रुपैयाँको हाराहारीमा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ठगी आरोपमा एकीकृत समाजवादी पार्टी निकट युवा केशवराज जोशी पक्राउ परेका हुन् ।
वैदेशिक रोजगार विभागमा जोशीविरुद्ध उजुरी परेपछि पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनले आफूलाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीको भतिज दाबी गर्दै सर्वसाधारणबाट रकम उठाउने गरेकाे पाइएकाे छ ।
जाेशी माथि माल्टामा प्रतिष्ठित होटलमा मासिक चारपाँच लाख रुपैयाँ तलब हुने गरी पठाइदिन्छु भनेर पाँच / छ जनाबाट पचास लाख रुपैयाँ लिएको आरोप लागेको छ । पक्राउ परेका जोशीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।



About Us
प्रतिक्रिया