बीमा समितिद्धारा निर्जिवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बीमा समितिद्धारा निर्जिवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न निर्देशन दिएको छ । कोरोना बीमाको ठूलो दाबी भुक्तानी तिर्न बाँकी रहेकोले नगद लाभांशमा कडाई गर्दै शेयरधनीलाई बोनस शेयर मात्र दिन पाउने व्यवस्था गरेको समितिले जनाएको छ। बीमा समितिले आज बीमा कम्पनीलाई परिपत्र जारी गर्दै नगद लाभांश वितरणमा रोक लगाएपछि कम्पनीले बोनस शेयर मात्रै दिन पाउने व्यवस्था गरेको हो ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश बितरणमा रोक लगाउने र निर्जीवन बीमा कम्पनीहरुलाई कोरोना बीमामा अतिरिक्त भुक्तानी गर्नुपर्ने दायित्व थपिदिन लागेको जनाएको छ ।

कोरोना बीमाको ठूलो दाबी भुक्तानी तिर्न बाँकी रहेकोले नगद लाभांशमा कडाई गरेकोे समितिले जनाएको छ । विगत लामो समयदेखि कोरोना बीमा दाबी भुक्तानी दिन नसकिरहेको हुँदा लाभांश बाढ्न र अतिरिक्त भुक्तानी गर्नुपर्ने दायित्व थपिदिन लागेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।