बैंकिङ्ग समाचार, गलकोट ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरलले अर्थतन्त्रको आधार सहकारी भएको बताएका छन् । सहकारीलाई समेटेर बनेको नेपालको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकको गण्डकी प्रदेशस्तरीय १८औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्रका विभिन्न आधारमध्ये सहकारी पनि महत्वपूर्ण रहेको उल्लेख गरेका हुन् ।
सहकारीको रकम उत्पानदनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पोखरेलले पर्यटन, जलविद्युत्, उद्योग, व्यापारलगायत क्षेत्रमा सहकारीले लगानी बढाउँदै गएमा अर्थतन्त्रमा टेवा पुर्याउन सकिने जानकारी दिए । उनले प्रदेश सरकारले सहकारीलाई रचनात्मक ढंगले सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।
प्रतिक्रिया