सानिमा रिलायन्स लाइफद्वारा घातक रोग बापतको रु.५० लाख दावी  भुक्तानी

सानिमा रिलायन्स लाइफद्वारा घातक रोग बापतको रु.५० लाख दावी  भुक्तानी


काठमाडौं –सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले घातक बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको बिमित सन्जय कोजुको कार्यलय धुलिखेल नगरपालिका –६ मा नै पुगेर पचास लाखको चेक कम्पनीको वरिष्ठ एजेन्सी मेनेजर एन.बि.गुरुङ मार्फत  हस्तान्तरण गरेको हो। कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री ,एरिया म्यानेजर शनि खाछे श्रेष्ठ, सन्तोष श्रेष्ठ,मार्केटिङ अफिसर सुनिता के.सी, जनप्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो। 

‘बिमित कोजुको हृदयाघात कारण धुलिखेल अस्पतालमा उपचार गरिएको हो। उपचारमा करिब ७ लाख रुपैयाँ खर्च रहेको भएताप नी घातक रोग बीमा दाबी भुक्तानी जति रकमको बीमा गरिएको हो, त्यो रकम नै भुक्तानी गरिने कम्पनीलाई बिमितको कति रकम खर्च भएको हो भन्ने सँग सरोकार रहेको हुदैन्।’ क्षेत्रीय प्रमुख बलराम खत्रीले बताए ।

 बिमित कोजुले कम्पनी प्रति हार्दिक आभार दिँदै उपस्थित सबैलाई बीमासँग जोडिन सबैलाई आग्रह गरे। उपचार खर्च अभावको कारणबाट मृत्यवरण गर्न समेत बाध्य हुने विषम परिस्थितिबाट बिमितले सजिलै  फाइदा लिन सक्ने हुँदा यसको प्रभावकारिता र लोकप्रियता दुवै रहेको कम्पनीले जनाएको छ।