काठमाडाैं – पानी परेर केही बेर भिजीविलीटी कम हुँदा त्रिभुवन विमानस्थलमा चीनबाट आएको एयर चाइनाको जहाज काठमाण्डौंमा अवतरण नगरी चीन तर्फ नै फर्किएको छ ।
पानी परेका कारण साढे ११ बजेदेखि करिब १५ मिनेट भिजीविलीटी कम भएका कारण विमान अवतरण हुन नसकेको विमानस्थलका प्रवक्ता सुभाष झाले बताएका छन् । अहिले भने जहाजहरू उडान र अवतरण भइरहेको छ ।
प्रतिक्रिया