साताको पहिलो दिन उच्च रहेको सुनको मूल्य मंगलबारबाट निरन्तर गिरावट

साताको पहिलो दिन उच्च रहेको सुनको मूल्य मंगलबारबाट निरन्तर गिरावट


काठमाडौं – पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नै उच्च विन्दुमा पुगेको सुनको मूल्यले नेपाली बजारमा पनि नयाँ रेकर्ड कायम राखिरहेको छ। यो सातामा अन्तर्राष्ट्रिय बजारका साथै नेपाली बजारमा सुनको मूल्यले निकै उतार चढाव जारी राख्यो। साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य १६ सयले बढ्दै एक लाख ४० हजार नौ सय रूपैयाँ पुगेको थियो। उक्त मूल्य साताको अन्तिम कारोबारको दिन शुक्रबारसम्म आइपुग्दा एक लाख ३६ हजार नौ सय रूपैयाँमा झरेको छ। शुक्रबार सुनकाे मूल्य प्रतितोला एक हजार आठ सय रूपैयाँले घटेकाे हाे।

साताको सुनको मूल्यः

नेपाली बजारमा आइतबार सुनको मूल्यले पुन नयाँ रेकर्ड कायम गरेको थियो। आइतबार सुनको मूल्य प्रतितोला १६ सय रूपैयाँले बढ्दै एक लाख ४० हजार नौ सय रूपैयाँ पुगेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार त्यसदिन छापावाल सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार दुई सय रूपैयाँमा कारोबार भएकाे थियो।

साताको दोस्रो कारोबारको दिन पनि नेपाली बजारमा सुनको मूल्यले पुनःनयाँ रेकर्ड कायम गरेको थियो । त्यसदिन सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेकाे थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ४१ हजार ८ सय र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार र सोमबार निरन्तर बढ्दै नयाँ रेकर्ड कायम राखेको सुनको मूल्यमा मंगलबार भने ठुलो मात्रामा गिरावट आएको थियो। मंगलबार सुन प्रतितोला १२ सय रुपैयाँले घटेको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४० हजार ६ सय र तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

साताको चौथो कारोबारको दिन बुधबार पनि सुनको मूल्य घट्ने क्रम जारी नै रह्यो त्यस दिन सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको थियो । मूल्य घटेसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ४० हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, साताको पाँचौ कारोबारको दिन बिहीबार सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घटेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ७ सय र तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

साताको अन्तिम कारोबारको दिन शुक्रबार सुन मूल्यमा ह्वात्तै गिरावट आएको थियो। शुक्रबार सुन प्रतितोला १८ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला प्रतितोला १ लाख ३६ हजार ९ सय र तेजावी सुन प्रतितोला १ लाख ३६ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।