काठमाडौं– आकस्मिक मर्मतले गर्दा एक घण्टाको लागि बन्द गरिएको त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु भएको छ। धावनमार्गमा सानो खाल्डो परेपछि शुक्रबार मध्याह्न विमानस्थल बन्द गरिएको थियो ।
रनवे ०२ भागमा सानो खाल्डो परेपछि एक घण्टाको लागि विमानस्थल बन्द गरिएको तर अहिले मर्मत सकेर नियमित गतिमा फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए । विमानस्थलमा आकस्मिक समस्या देखिएर केही जहाजहरू आकाशमै होल्ड गरिएको थियो ।
प्रतिक्रिया