सबैभन्दा छिटो सगरमाथा चढ्ने महिला बनिन् फुञ्जो

सबैभन्दा छिटो सगरमाथा चढ्ने महिला बनिन् फुञ्जो


काठमाडाैं – गोरखाकी  फुञ्जो झाङ्मु लामाले बिहीबार बिहान सर्वोच्च शिखर सगरमाथामा पाइला राख्दै सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमानी आफ्नो नाम लेखाउन सफल भएकी छिन्।

यस पटक उनले  १४ घण्टा ३१ मिनेटमा ८,८४८.८६ मिटर अग्लो सगरमाथाको शिखरमा पाइला टेक्न सफल भएकी हुन् । बुधवार अपराह्न ३ बजेर ५२ मिनेट जाँदा आरोहण सुरु गरेकी उनले बिहीबार बिहान ६ बजेर २३ मिनेटमा सफल आरोहण गरेकी हुन्। 

यसअघि सन् २०२१ मा हङकङकी स्याङ यिन हङ (आडा) ले २५ घण्टा ५० मिनेटमा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाका रुपमा गिनिजबुकमा नाम लेखाएकी थिइन् । त्यसअघि सन् २०१८ मा उनै फुञ्जो झाङ्मुले ३९ घण्टा ६ मिनेटमा आरोहण गरेर छिटो आरोहणको रेकर्ड बनाएकी थिइन् ।