काठमाडौं – नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। राष्ट्र बैंकले १४ दिनका लागि निक्षेप संकलनमार्फत ३५ अर्ब रुपैयाँ तान्न लागेको हो। बैंकले भोलि शुक्रबार (जेठ ११ गते) उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने जनाएको छ।
बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन्। इच्छुक बैंक तथा वित्तीय संस्थाले जेठ ११ गते दिउँसो १२ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। यसको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ भने साँवा र ब्याज भुक्तानी एकमुष्ट जेठ २५ गते भुक्तानी हुनेछ।

प्रतिक्रिया