डिम्याट खाताको नवीकरण शुल्क बुझाउन मुक्तिनाथ क्यापिटलको आग्रह

डिम्याट खाताको नवीकरण शुल्क बुझाउन मुक्तिनाथ क्यापिटलको आग्रह


काठमाडाैं–  मुक्तिनाथ क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ।कम्पनीले मुक्तिनाथ विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडका शाखा कार्यालयमार्फत डिम्याट खाता खोलेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो।

डिम्याट खातावालाहरूले प्रत्येक आर्थिक वर्षमा १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने प्रावधान रहेको छ। खातावालाहरले यही असार मसान्तभित्र मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक वा लुम्बिनी विकास बैंकमध्ये आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा यो रकम बुझाउन सक्नेछन्।

मेरो सेयर प्रयोगकर्ताले मेरो सेयर लगइन गरी विद्युतीय भुक्तानी माध्यमबाट शुल्क बुझाउन सक्नेछ कम्पनीले जनाएकाे छ। त्यस्तै, १ हजार ९९९ रुपैयाँ भुक्तानी गरी यस कम्पनीबाट सञ्चालित आजीवन डिम्याट र मेरो सेयर खाता योजनाको सुविधा लिई वार्षिक रूपमा नवीकरण गर्ने झन्झटबाट मुक्त हुन सकिने कम्पनीले जनाएको छ।