बैंकले डिजिटल कारोबारको हिसाब कसरी मिलाउने ?

बैंकले डिजिटल कारोबारको हिसाब कसरी मिलाउने ?


काठमाडौं– केन्द्रीय बैंकले मंगलबार वित्तीय सन्देशका लागि एक सन्देश निकाल्दै बैंकहरूले डिजिटल वित्तीय कारोबारको हिसाब कसरी गर्नुपर्छ भन्ने विषयमा जानकारी दिएको छ। बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय का माध्यमबाट भुक्तानी गर्दा कारोबार सफल नहुँदा पनि प्राविधिक कारणवश खाताबाट मौज्दात घटेमा बैंकले कति समयभित्र ग्राहकको खातामा रकमको हिसाब मिलाउनुपर्छ भन्ने विषयमा जानकारी दिएको हो।

केन्द्रीय बैंकले जारी गरेकाे सन्देशमा भनिएकाे छ,‘डिजिटल वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग लगायतका विद्युतीय भुक्तानीका माध्यमबाट भुक्तानी गर्दा वा रकमान्तर गर्दा कारोबार सफल नहुँदा पनि कहिलेकाहीँ प्राविधिक कारणवश खाताबाट मौज्दात घट्न सक्छ। यस्तो अवस्थामा रकम फिर्ता गर्नका लागि ग्राहकले खबर गरेमा वा नगरेमा विद्युतीय भुक्तानीका माध्यमहरू जारी गर्ने संस्था र भुक्तानी जानुपर्ने संस्था एउटै भएमा कारोबार भएपछिको एक दिनभित्र संस्थाले वित्तीय हिसाब मिलाउनुपर्छ। ’

त्यस्तै, विद्युतीय भुक्तानीका माध्यमहरू जारी गर्ने संस्था र भुक्तानी जानुपर्ने संस्था फरक फरक भई दुवै नेपाली संस्था भएमा कारोबार भएपछिको ३ दिन भित्र, विद्युतीय भुक्तानीका माध्यमहरू जारी गर्ने संस्था र भुक्तानी जानुपर्ने संस्था फरक फरक भई कुनै एक विदेशी संस्था भएमा कारोबार भएपछिको ३० दिन भित्र उपर्युक्त समयसीमाभित्र हिसाब मिलाउने दायित्व उपकरण जारी गर्ने र प्रयोग हुने दुवै संस्थाको हुने जारी सन्देशमा उल्लेख छ।

यस्ताे छ बैंकद्वारा जारी सन्देश :