काठमाडौं – कुल राष्ट्रिय वित्तीय प्रणालीमा बीमा क्षेत्रले ६.५५ प्रतिशतको योगदान पुर्याएको केन्द्रीय बैंकले जानकारी दिएकाे छ। बैंकले सार्वजनिक गरेको ‘डेभलप म्याक्रो स्ट्रेस टेष्टिङ फ्रेमवर्क फर स्टाविलिटी एसेसमेण्ट’(‘वित्तीय स्थिरता मूल्याङ्कनको लागि समष्टिगत दबाब परीक्षण संरचनाको विकास’) अध्ययन प्रतिवेदनका अनुसार वित्तीय प्रणालीमा बीमा क्षेत्रको हिस्साको आधारमा गैर बैंकिङ्ग वित्तीय संस्थापछिको रोल क्रममा रहेको छ।
केन्द्रीय बैंकको प्रतिवेदन अनुसार गैर वित्तीय संस्था कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको योगदान ६.८८ प्रतिशत रहेको छ। यसमा सामाजिक सुरक्षा कोषको समेत योगदान जोड्दा यो हिस्सा अझै बढ्ने देखिन्छ।
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार गत आव २०७९/८० मसान्तसम्ममा जीवन र निर्जीवन बीमा कम्पनीको कूल लगानी ६ खर्ब २८ अर्ब ९५ करोड रूपैयाँ रहेको थियो ।
प्रतिक्रिया