नेशनल लघुवित्तमा ६ जना सञ्चालक निर्वाचित

नेशनल लघुवित्तमा ६ जना सञ्चालक निर्वाचित


काठमाडौं – नेशनल लघुवित्त वित्तीय संस्थामा ६ जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको १० औं वार्षिक साधारण सभाले ६ जना नयाँ सञ्चालक निर्विरोध निर्वाचित गरेको हो ।

निर्वाचित हुने सञ्चालकहरुमा संस्थापक समूहतर्फबाट केशव प्रसाद आचार्य, रविन सिजापती, प्रदित कुमार रेग्मी र क्षितिज खड्का समेत गरि ४ जना सञ्चालकमा निर्वाचित भएका छन्। साथै,सर्वसाधारण समूहतर्फबाट नरेन्द्र प्रसाद छत्कुली र रामकुमार तिमल्सिना रहेका छन्।