मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीलाई स्कुल पोसाक वितरण

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीलाई स्कुल पोसाक वितरण


काठमाडौं– मुक्तिनाथ विकास बैंक लि.ले शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत कामहरु गर्दै आएको छ। सोही क्रममा बैंकले नवलपुरको वुलिङटार स्थित श्री रम्भादेवी आधारभूत विद्यालयमा नर्सरी देखि कक्षा – ५ सम्मका ७६ जना विद्यार्थीलाई स्कुल पोसाक वितरण गरेको छ।

उक्त हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक तथा पदाकारीज्यूहरु, विद्याथीको उपस्थिति रहेको थियो। यस सहयोगबाट स्थानीय बालबालिकाहरु विद्यालयमा उपस्थित भई शिक्षा लिन प्रोत्साहन दिने विश्वास बैंकले लिएको छ।