काठमाडौं – मंगलबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि तथा पशुपन्छी बीमाको दायरा बढाउने घोषणा गरेका छन्।
कृषि तथा अन्य उद्योगका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्न प्रोत्साहन गर्ने सरकारले नीति लिएको छ। कृषि र कृषिमा आधारित उद्योगीलाई सहज ढंगले कृषि कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने राष्ट्रपति पौडेलले बताएका छन्।
कृषि, पशुपन्छी तथा मत्स्यपालन बीमा सूचना प्रविधिमा आधारित बनाई बीमाको पहुँच र दायरा विस्तार गरिने सरकारको नीति रहेको पौडेलले बताए।





About Us
प्रतिक्रिया