सप्तरीमा बैंक लुटेराबाट सुरक्षा गार्डको हत्या

सप्तरीमा बैंक लुटेराबाट सुरक्षा गार्डको हत्या


काडमाडौं – सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डकाे हत्या भएको छ । बिहीबार बिहान लुटपाटको प्रयासमा सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित नेपाल बैंकको शाखा कार्यालयका सुरक्षा गार्ड पर्शुराम फुँयालको हत्या गरिएको हो ।

प्रहरीका अनुसार सप्तकोशी नगरपालिका २ का ५५ वर्षीय फुँयालको घाँटीमा खुकुरी प्रहार गरी हत्या भएकाे छ। प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।