राष्ट्रिय वाणिज्य बैंककाे सीईओ बन्न २० जनाको आवेदन

राष्ट्रिय वाणिज्य बैंककाे सीईओ बन्न २० जनाको आवेदन


काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकको सीईओ पदका लागि २० जनाको आवेदन परेको छ । सीईओ किरणकुमार श्रेष्ठको कार्यकाल सकिए पछि बैशाख २७ गते अन्तिम मिति राखेर आवेदन खुलाइएको थियो ।

बैंकको सीईओ पदका लागि रामदेव यादव, अगम मुखिया, दुर्गाकुमारी कँडेल छत्कुली, नरेशराज अर्याल, पवन रेग्मी, विष्णुदेव यादव, विष्णुबाबु मिश्र, प्रकाशचन्द्र अधिकारी, डा. रामराज उपाध्याय, देवेन्द्ररमण खनाल, दीर्घबहादुर अवाले, झबिन्द्र खत्री, गणेशप्रसाद गौतम, कृष्णबहादुर अधिकारी, सुरेश देवकोटा, शंकर केसी, प्रमोदबाबु तिवारी, कृष्णप्रसाद आचार्य, शंकरकुमार रायमाझी र माधवप्रसाद रेग्मीले आवेदन दिएका हुन् ।