सामुहिक विदामा बस्ने एयर इन्डिया एक्सप्रेसका कर्मचारी बर्खास्त

सामुहिक विदामा बस्ने एयर इन्डिया एक्सप्रेसका कर्मचारी बर्खास्त


भारत– भारतीय विमान सेवा प्रदायक कम्पनी एयर इन्डिया एक्सप्रेस एयरलाइन्सले सामूहिक बिदामा गएका कर्मचारीहरूलाई कारबाही गर्दै सबैलाई कामबाट निकालिदिएको छ । निष्कासित कर्मचारीले ड्युटीमा नगएको र व्यवहार ठिक नभएको कम्पनीको आरोप छ ।

दुई दर्जनभन्दा धेरै कर्मचारीहरूले सामूहिक बिदा लिएपछि एयर इन्डिया एक्सप्रेसका धेरै उडान रद्ध गर्नुपरेको थियो । यस कारण हवाई यात्रुहरूले निकै सास्ती खेप्नु प¥यो । टाटा समूहको स्वामित्वमा रहेको एयर इन्डिया एक्सप्रेसका केबिन क्रूले कम्पनीको व्यवस्थापनको विरोधमा बुधबार सामूहिक बिदा लिएका थिए । दुई सयभन्दा बढी कर्मचारीले एक साथ बिदा लिँदा कम्पनीको उडान सञ्चालनमा गम्भीर असर परेको थियो भने कम्पनीले सयभन्दा बढी उडान रद्द गर्नुपरेको थियो । उडान रद्द हुदा करिब १५ हजार यात्रु प्रभावित भएका थिए । एयर इन्डिया एक्सप्रेसले खाडी देशहरूमा सबैभन्दा धेरै उडानहरू गर्दछ ।
भारतको नागरिक उड्डयन प्राधिकरणले आकस्मिक घटनाको कारण बुझ्न अनुसन्धान गरिरहेको छ ।