५.६३ अकंले बढ्यो शेयर बजार, कारोबार रकम ३ अर्ब माथि 

५.६३ अकंले बढ्यो शेयर बजार, कारोबार रकम ३ अर्ब माथि 


काठमाडौं– साताको अन्तिम कारोबारको दिन शेयर बजारमा सुधार देखिएको छ । बुधबार झिनो अकंले घटेको बजारमा आज भने सुधार देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६३ अकंले बढेर १९६६.२३ बिन्दुमा बन्द भएको छ। आज ३१३ कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता शेयर कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १२ करोड १२ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ।

आज १० उपसूचकमा हरियाली आएको छ । बिहिबार बैंकिङ्ग समूहको ०.४६ प्रतिशत, विकास बैंक समूहको ०.७९ प्रतिशत, फाइनान्स समूहको ०.६६ प्रतिशत, होटल तथा पर्यटन समूहको ६.९६ प्रतिशत, हाइड्रोपावर समूहको ०.२१ प्रतिशतले बढेको हो।