विशाल ग्रुपका सदस्यहरूसहित २० जना विरुद्ध पक्राउ पुर्जी जारी

विशाल ग्रुपका सदस्यहरूसहित २० जना विरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं– नक्सालस्थित बालमन्दिर जग्गा विवादको विषयमा विशाल ग्रुपका सदस्यहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीका अनुसार विशाल ग्रुपका सदस्यहरूसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बैंकिङ्ग समाचारसँगको कुराकानीमा बोगटीले नेपाल बाल संगठनका तत्कालिन अध्यक्ष रीता सिंह, तत्कालिन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, तत्कालिन महासचिव गणेश भक्त श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर शाह, अख्तियार प्राप्त ऐ का महासचिव श्याम कुमार आले, तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव सुवास कुमार पोखरेल, तत्कालिन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ, तत्कालिन महासचिव प्रचण्डराज प्रधान तत्कालिन महासचिव रामकाजी कोने तत्कालिन उपाध्यक्ष योगेन्द्र बहादुर शाही, संगठनका तत्कालिन उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी भएको बताएका छन् ।

वृहस्पति स्कुलका पूर्वसञ्चालकहरू चिरञ्जीवी तिवारी,संचालक प्रविण राज जोशी, तत्कालिन संचालक मुरारी निधि तिवारी, अध्यक्ष पुरुषोत्तम राज जोशी, संचालक श्रद्धा संघाई, संचालक अभिनव सिंघानिया, संचालक सिद्धार्थ केडिया, संचालक किर्ति प्रसाद पाण्डे विरुद्ध पकाउ पुर्जी जारी भएको छ ।

संघाई, सिंघनिया र केडिया विशाल ग्रुपसँग सम्बन्धित छन् । विशाल ग्रुपले बालमन्दिरको जग्गाा भाडामा लिएर प्रयोग गरेको थियो । बालमन्दिरको तर्फबाट आजै मात्र सीआईबीमा जाहेरी परेको थियो । यो जग्गा प्रकरणबारे सीआईबीले यसअघि पनि केही अनुसन्धान गरेको थियो ।