राष्ट्रिय सहकारी बैंकविरुद्ध आन्तरिक राजस्व विभाग लाजिम्पाटमा निवेदन दर्ता 

राष्ट्रिय सहकारी बैंकविरुद्ध आन्तरिक राजस्व विभाग लाजिम्पाटमा निवेदन दर्ता 

राष्ट्रिय सहकारी बैंक प्रकरण ३


काठमाडौं– नव राजधानी सहकारीले राष्ट्रिय सहकारी बैंकका संञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, कर्जा प्रमुख र यसमा सरिक रहेका अन्य कर्मचारीहरू तथा तत्कालीन मालपोत कार्यालयका कर्मचारीहरूलाई आवश्यक कारबाहीको माग राख्दै निवेदन दर्ता गरेको छ । 

राष्ट्रिय सहकारी बैंकले आफूले जग्गा सकार गर्दा र पछि बिक्री गर्दा आएको नाफा रकमलाई नाफाका नराखी अन्य  खातामा राख्दा हिसाब किताबमा अनियमितताले जग्गा बिकी नाफाको पुँजीगत लाभकर तथा आयकर छली गरी नेपाल सरकारलाई नै गैर कानूनी रुपमा ठूलो क्षति पुर्याउने, ठगी गर्ने हिनामिना, अनियमितता जस्ता काम कार्य गरेको हुँदा निवेदन दर्ता गरेको सहकारीले जनाएको छ। 

निवेदन दर्ता गर्दै सहकारी बैंकको जग्गा खरिदकर्ता टिका बहादुर वली समेतलाई प्रचलित कानून बमोजिम आवश्यक कारबाही गरी उक्त मितिमा भएको दूषित रजिस्ट्रेसन राजीनामा लिखत समेतलाई खारिज गर्ने गरी निजहरू उपर मुद्दा चलाई पाउनुपर्ने सहकारीको माग छ ।