ऋण चुक्ता नगर्ने, चेक बाउन्समा पर्नेसहित ८२ हजार बढी कालोसूचीमा

ऋण चुक्ता नगर्ने, चेक बाउन्समा पर्नेसहित ८२ हजार बढी कालोसूचीमा


काठमाडौं – पछिल्ला आर्थिक वर्षहरूमा कालोसूचीमा पर्नेको संख्या बढ्दै गएको छ । कर्जा सूचना केन्द्रका अनुसार हालसम्म ८२ हजार ७०८ नेपाली कालोसूचीमा छन् । यसमध्ये २०७८/१/२२ देखि २०७९/१२/ १ सम्ममा ८ हजार ३८२ जना कालोसूचीमा परेका छन् ।

गत वर्ष २०७९ वैशाख २२ देखि २०८० वैशाख २१ सम्मको एक वर्षमा २१ हजार ६५० जना कालोसूचीमा परेको थिए । २०८० वैशाख २२ देखि २०८१ वैशाख २१ समम्मको पछिल्लो एक वर्षमा भने कालोसूचीमा पर्नेहरुको संख्या अत्याधिक बढेर ३९ हजार ३६५ पुगेको छ।