राष्ट्र बैंकका ६ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

राष्ट्र बैंकका ६ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर


काठमाडौं – नेपाल राष्ट्र बैंकले ६ विभागका कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको छ । राष्ट्र बैंकले सुपरिवेक्षण विभाग, वित्त व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभाग लगायत ६ विभागका निर्देशकहरूकाे जिम्मेवारी हेरफेर गरेकाे हाे ।

जिम्मेवारी हेरफेरसँगै सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल वित्त व्यवस्थापन विभागमा सरुवा भएका छन् । वित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेल बैंक सुपरिवेक्षण विभागमा सरुवा भएका छन्।

यसैगरी, मानव संशाधन विभागका प्रमुख मुकुन्द कुमार क्षेत्री सूचना प्रविधि विभागमा सरुवा हुँदा सूचना प्रविधि विभागका प्रमुख नरेश शाक्य मानव संशाधनमा आएका छन् ।

त्यसैगरी, लघुवित्त सुपरिवेक्षण विभागमा रहेका रेवती प्रसाद नेपाल आन्तरिक लेखा विभागमा आएका छन् भने आन्तरिक लेखा विभागका प्रमुख बिमलराज खनाल लघुवित्त सुपरिवेक्षण विभागमा सरुवा भएका छन्।