किसान लघुवित्तको मुनाफा बढ्यो,अन्य सूचक कस्तो ?

किसान लघुवित्तको मुनाफा बढ्यो,अन्य सूचक कस्तो ?


काठमाडौं– चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म किसान लद्युवित्त वितीय संस्थाको मुनाफा बढको छ। कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा कम्पनीको मुनाफा बढेको देखिएकाे हाे।

सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा २ करोड २७ लाख ३४ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २५१.५९ प्रतिशतले धेरै हो । गत वर्षको अवधिमा कम्पनीले ६४ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको सञ्चालन नाफा २६४.३८ प्रतिशतले बढेर ३ करोड ३६ लाख ५८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ९२ लाख ३७ हजार रुपैयाँ मात्र रहेको थियो । त्यस्तै, कम्पनीको खुद ब्याज आम्दानी १३.४४ प्रतिशतले घटेर १६ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ । साथै, कम्पनीको चुक्ता पुँजी ५० करोड ४३ लाख रुपैयाँ, जगेडा कोषमा १३ करोड ४ लाख रुपैयाँ, वितरणयोग्य नाफा ३ करोड २३ लाख रुपैयाँ, खराब कर्जा ६.४७ प्रतिशत रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँ ३० पैसाले बढेर ६ रुपैयाँ ०१ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी १ रुपैयाँ ७१ पैसा (वार्षिक) रहेको थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ भने १३२ रुपैयाँ २६ पैसा रहेको छ ।