बिहीबार घट्यो सुनको मूल्य, प्रतितोला कति ?

बिहीबार घट्यो सुनको मूल्य, प्रतितोला कति ?


काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो ।

बिहीबार छापावाला सुनको मूल्य एक लाख ३५ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदी भने तोलामा १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ ।