रु.५ अर्बको नागरिक बचत पत्र बिक्री गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

रु.५ अर्बको नागरिक बचत पत्र बिक्री गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय


काठमाडौं– अर्थ मन्त्रालयअन्तर्गतकाे सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (बिहीबार) एक सूचना गर्दै ५ अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्र बिक्री गर्ने जानकारी दिएको छ ।

कार्यालयले बिहीबार सूचना जारी गर्दै वैशाख ३० गतेदेखि इच्छुक खरिदकर्ताले बचतपत्र खरिदका लागि अनलाइनमार्फत् आवेदन पेस गर्न सकिने जनाएको हाे। जेठ ३० गतेसम्म बिक्री हुने यस बचत पत्रको निष्कासन असार ४ गते हुने कार्यालयले जनाएको छ ।

बचत पत्रको किसिम स्टकका रुपमा जारी हुने बताइएको छ । आवेदन रकम भुक्तानीका लागि बचत पत्र निष्कासन हुने दिन असार ४ गते दिउँसो ३ बजेसम्म बैंक तथा वित्तीय संस्थाले आवेदकको खातामा खर्च लेखी नेपाल सरकारको खातामा जम्मा गर्नुपर्ने कार्यालयले जनाएको छ ।

अर्थवार्षिक रुपमा ८ प्रतिशत वार्षिक व्याजदर रहने बचत पत्र खरिदका लागि घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिन सकिने सूचनामार्फत जानकारी दिइएको छ ।