मातातीर्थ औँसीमा आमाहरुलाई लक्षित नबिल बैंकको जनचेतनामूलक भिडियो

मातातीर्थ औँसीमा आमाहरुलाई लक्षित नबिल बैंकको जनचेतनामूलक भिडियो


काठमाडौं- मातातीर्थ औँसी अर्थात् आमाको मुख र्हेने दिनलाई लक्षित गर्दै नबिल बैंकले एउटा सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । बैंकले भिडियो सामाजिक सञ्जालमा राख्दै भनेकाे छ,‘हरेकको पहिचान बनाउन साथ दिने आमालाई, आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्दै नबिल बैंकको तर्फबाट आमाको मुख हेर्ने दिनको शुभकामना ।’ 

नबिल बैंकको उक्त भिडियोमा सन्तान जन्मिएपछि आफ्नो करिअर बिर्सेर आफ्नो सन्तान र घर परिवार सम्हालेर बसेकी आमालाई पुन: आफ्नो करिअरमा फर्किन घर परिवारले प्रोत्साहन गरेको देखिन्छ । आमा, श्रीमती बनेपछि आफ्नो लक्ष्य बिर्सिएकी एउटी आमालाई पहिल्यैकै अवस्थमा फर्काउन सन्तान र परिवारले कस्तो भूमिका खेल्न सक्छन् भन्ने कुरा पनि उक्त भिडियाेमा देखाइएकाे छ ।

२ मिनेट ४५ सेकेन्डको छोटो भिडियोमा सम्पन्न परिवार शिक्षित हुँदाहुँदै पनि एउटी आमाले आफ्नो भविष्यलाई बिर्सिनु परेको यथार्थता देखाइएको छ । तर परिवार, सन्तानको साथ पाउँदा विगतको पहिचान फर्काउन सकिने विषय पनि देखाइएको छ ।

नबिल बैंककाे भिडियाे हेर्नुहाेस्ः

https://fb.watch/rX0v3V5_BQ