सहकारीमा कतै अभियोजन नभएको भन्दै महान्यायाधिवक्ता कार्यालयले पत्र नै दिएको गृहमन्त्री लामिछानेको दावी

सहकारीमा कतै अभियोजन नभएको भन्दै महान्यायाधिवक्ता कार्यालयले पत्र नै दिएको गृहमन्त्री लामिछानेको दावी


काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीमा आफूमाथि कतै अभियोजन नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले पत्र नै दिएको दावी गरेका छन्। मंगलबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले राखेको शीर्ष नेताहरूको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सहकारीमा आफूमाथि कहीँकतै मुद्दा पनि नचलेको बताएका हुन् ।

‘म माथि प्रश्न उठेपछि मैलै महान्यायाधिवक्ता कार्यालयलाई सोधे, त्यहाँबाट पत्र प्राप्त भएको छ कुनै मुद्दा नचलेको, बयानमा पनि नबोलेको कुरा आएको छ । त्यसैले कहीँ कतै समिति बनाउने आधार हुनुपर्यो नि पहिला । त्यो आधार नभइसकेपछि त्यो नजिर बनाउन तयार हो भने समिति बनाउन म तयार छु, आज म मन्त्री छु भोलि अर्को मन्त्री हुन्छ एउटा पत्र लिएर जाँदैमा संसदमा हंगामा मच्याउने, सांसद नै मन्त्री प्रधानमन्त्री हुने हो। उनले भने, सांसद नै हुने हैसियता गुमाइसकेको हो त कुनै उजुरी रु जुन कतै मुद्दा पनि दर्ता भएको छैन । त्यो नजिर स्थापना गर्ने भए त सहमति गर्ने कुरा भनिरहेकै छु । आफूले अफर गरेको कुरा मान्यो भने त्यो भन्दा माथिको पदको लागि पनि तयार हुने, नमानेपछि अर्को कुरा गर्ने यहाँ पनि प्रश्न आयो नि ।’