एनआईसी एशिया बैंकद्धारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्धारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान


काठमाडौं- एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न वेस्ट एशियन फुटबल पश्चिम एशियाली फुटबल महासंघ महिला च्याम्पियनसिप २०२४ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको हो । बैंकले वैशाख २४ गते एक विशेष कार्यक्रमकाबिच अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा आयोजित उक्त सम्मान कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका ३१ जनालाई जनही २५ हजार सहित सम्मान गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले राज्यले खेलमा सक्रियता र सहयोग नगर्ने, बजेट विनियोजन नगर्ने हो भने नेपाल खेलकुद उचाइमा नपुग्ने बताए । उनले सरकारलाई खेल क्षेत्रमा बजेट छुट्याउन आग्रह समेत गरेका छन् । उनले सम्पूर्ण बैंकहरुमा रहेको सिएसआरको बजेट खेल क्षेत्रमा लगानी गर्न सबै बैंकहरुलाई आग्रह गरेका छन् । त्यसैगरी, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठिले महिला फुटबल टिमलाई बधाई दिँदै खेल र खेलाडीलाई प्रोत्साहन गर्नुपर्ने बताए। बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरलाई ब्राण्ड प्रमोटरका रुपमा घोषणा गरेको छ ।