फागुन यता बैंक तथा वित्तीय संस्थाहरूले लिए १२ खर्ब ३६ अर्ब बराबरको स्थायी निक्षेप सुविधा

फागुन यता बैंक तथा वित्तीय संस्थाहरूले लिए १२ खर्ब ३६ अर्ब बराबरको स्थायी निक्षेप सुविधा


काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकबाट फागुन यता १२ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ बराबरको निक्षेप सुविधा लिएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले फागुन १ गते यता जम्मा गर्ने र झिक्ने गर्दै सो बराबरको निक्षेप राष्ट्र बैंकमा जम्मा गरेका हुन् ।

हाल राष्ट्र बैंकमा यस अन्तरगतकाे खुद निक्षेप (बक्यौता)  ८३ अर्ब ४० करोड रुपियाँ मात्रै छ । यो निक्षेप बुधवार परिपक्व हुन्छ।त्यसपछि, बैंकहरुले व्याज सहित रकम फिर्ता  पाउनेछन् । त्यसपछि बैंक तथा वित्तीय संस्थाले बुधबारनै पुनः यस्तो निक्षेप राष्ट्र बैंकमा जम्मा गर्न सक्नेछन् । 

२० करोड रुपैयाँ र सोभन्दा बढीको हकमा पाँच करोडले भाग गर्दा निःशेष रहने अंक बराबरको रकम राष्ट्र बैंकमा जम्मा गर्न सक्नेछन् । राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०८०/८१ मौद्रिक नीतिबाटै बैंकहरुलाई  स्थायी निक्षेप सुविधा दिने घोषणा गरेको थियो।