नेपाल लाइफ द्वारा विलम्ब शुल्कमा ३०% सम्म छुट दिने व्यवस्था

नेपाल लाइफ द्वारा विलम्ब शुल्कमा ३०% सम्म छुट दिने व्यवस्था



काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनीले व्यतित भएका बीमालेखहरू नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ३० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ ।

जारी भएका बीमालेखहरूमा नवीकरण गर्नुपर्ने मितिबाट १८० दिन वा सोभन्दा बढी दिनदेखि व्यतित भई नवीकरणको लागि तोकिएको प्रक्रिया पुरा गर्नुपर्ने गरी आज वैशाख २५ गते सम्म व्यतित भएका बीमालेखहरुमा आजैदेखि असार ६ गतेसम्म नवीकरण गरेमा छुट पाइनेछ ।

शुल्क तिर्नु बुझाउनुपर्नेमा बिमितहरुले उक्त शुल्क नतिरी व्यतित गरेकाहरुमध्ये १८० वा ३ बर्षसम्म व्यतित भएका बीमालेखको हकमा ३० प्रतिशत र ३ बर्ष देखि ५ वर्षसम्म व्यतित भएका बीमालेखको हकमा २५ प्रतिशत र पाँच वर्षभन्दा माथि व्यतित भएका बीमालेखमा २० प्रतिशत ब्याज छुट दिने कम्पनीले जनाएको छ ।